
थ्री स्टार हाइड्रोपावर लिमिटेडले आजदेखि आईपिओ खुला गरेको छ । कम्पनीले आज वैशाख ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपिओ निष्काशन गरेको हो ।
कम्पनीले ४ लाख ९२ हजार ५ सय कित्ता शेयर आयोजना प्रभावित खोटाङ जिल्लाका आयोजना प्रभावितलाई निष्काशन गरेको छ। आईपीओमा हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ११ सम्मका स्थानीय, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको वडा १ देखि वडा नम्बर ७ सम्मका स्थानीयले आवेदन दिन सक्ने छन् ।
त्यस्तै कम्पनीले ७३ हजार ८ सय ७५ कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गर्ने छ। जसमा न्युनतम १० कित्ता र अधिकतम ४ लाख ९२ हजार ५ सय कित्ताको लागि आवेदन दिन सक्ने छन्। त्यस्तै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७३ हजार ८ सय ७५ कित्ताको लागि आवेदन दिन सक्ने छन् ।