२०८१ चैत्र १२ मंगलवार

साताको तेस्रो दिन आज (मंगलबार) नेप्से परिसूचक १७.३६ अंकले वृद्धि भएको छ । गत कारोबार दिन सोमबार झिनो अंकले वृद्धि भएको नेप्से आज ०.९२ प्रतिशतले वृद्धि भएर १९०५.६८ विन्दुमा रोकिएको हो । आज ८८ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ । बजार अन्तिम समयमा आएर एक्कासी वृद्धि भएको छ । अन्तिम दुई मिनेटमा नेप्से तीन अंक वृद्धि भएको हो ।

आज कारोबारमा आएका २६४ धितोपत्रको २७ लाख ५७० कित्ता खरिद–बिक्री भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये तारागाउँ रेजेन्सी होटेल लिमिटेडको सेयर मूल्य आठ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४० रुपैयाँ वृद्धि भएर ५४० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य पनि ७.८५ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता ९२७.५० कायम भएको छ । आज शिवम् सिमेन्ट लिमिटेडको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको सात करोड ९१ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज कारोबारमा अएका १३ परिसूचकमध्ये म्युचुअल फण्डको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । यो म्युचुअल फण्ड समूहको परिसूचक ०.०९ प्रतिशतले घटेको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा होटेल तथा पर्यटन समूहको परिसूचक १.९२ प्रतिशतले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय