
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव एवम् प्रतिनिधि सभा सदस्य टोपबहादुर रायामाझीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको टोलीले आइतबार साँझ बुढानिलकण्ठबाट रायामाझीलाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए । प्रहरी प्रधान कार्यालयको विशेष टोलीले रायामाझीलाई पक्राउ गरेको उनले बताएका हुन् ।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।