
नेपाली बजारमा आज शुक्रबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ ।
आज तोलामा सुन एक लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजो तोलामा एक लाख ९ हजार ८ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १ हजार ३ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।