
जनताको करबाट तलब खाने कर्मचारीहरु हाजिर गरेर भाग्न बाहिरिन थालेपछि राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारमा छड्के अनुगमन गरेको छ ।
कर्मचारीहरु हाजिर गरेर कार्यालयबाट बाहिरिने गरेको गुनासो पछि केन्द्रले सिंहदरबार दक्षिण गेटमा छड्के अनुगमन गरेको हो । राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले कार्यालय समयमा कर्मचारीहरु नहुने गरेको गुनासो आएपछि अनुगमन गरेको बताए ।
अनुगमनमा खटाइएको टोलीले रिपोर्ट दिएपछि आवश्यक निर्णय लिइने सूचना अधिकारी शर्माले बताए ।