
नेपाली बजारमा आज जेठ महिनाको अन्तिम दिन सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रूपैयाँले घटेको छ।
बुधबार प्रतितोलामा १ लाख ११ हजार ८०० रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ११ हजार रूपैयाँमा कारोवार भइरहेको छ । साथै बिहीबार तेजाबी सुन १ लाख १० हजार ४ सय ५० रुपैयाँ कायम भएको छ।
त्यस्तै,आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ।