
आज आइतबार शेयर बजारमा भारी अंकको बृद्धि भएको छ । आज नेप्से परिसूचक ५२ दशमलव २६ अंकले बढेर २,०९४ दशमलव ३३ को विन्दुमा कायम भएको छ ।
त्यस्तै आज दिनभरिमा २८० कम्पनीको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८६ करोड ९१ लाख रुपैयाको शेयर कारोबार भएको छ ।
आज १८८ कम्पनकिो शेयर मुल्य बढेको छ भने ३१ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभनदा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ३६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।