२०८१ चैत्र १२ मंगलवार

नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाउ बढेको छ । छापावाल सुन आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुन पनि तोलामा २ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय