
नेपाली बजारमा आज सोमबार सुनको मूल्य स्थिर रहेको छ । आज नेपाली बजारमा सुनको मूल्य आइतबारको तुलनामा स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलाको १ लाख १२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन छापावालाको सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर १ लाख १२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ ।