
नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।