२०८१ चैत्र १२ मंगलवार

हिमालयन बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले २१ लाख ८६ हजार कित्ता शेयर बिक्री गर्ने भएको हो ।

बैंककका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपछि बैंकले सो शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित मितिको ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय कमलादी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

सो मितिमा संस्थापक शेयरधनीहरु कुनै निवेदन प्राप्त नभएमा उक्त शेयर अन्य संस्था वा व्यक्तिलाई बिक्री प्रक्रिया अगाडि बढाईने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय