
नेपाली बजारमा आज सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख १० हजार ५०० रूपैयाँमा कारोवार भएको सुन आज १ लाख ९ हजार ८ सय रूपैयाँमा कारोवार भइरहेको छ।
साथै तेजाबी सुन १ लाख ९ हजार ३ सय रूपैयाँमा कारोवार भइरहेको छ। आज चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेर १ हजार ३ सय ३५ रूपैयाँमा कारोवार भइरहेको छ।