
पूर्वन्यायाधीश भुवन गिरीमाथि जुत्ता प्रहार भएको छ ।
काठमाडौं जिल्ला अदालतमा गिरीमाथि उनकी श्रीमती आरती गिरीले जुत्ता प्रहार गरेकी हुन् । गिरीमाथि उनकी श्रीमती आरतीले वैवाहिक बलात्कारको विरुद्धमा मुद्दा दायर गरेकी थिइन् ।
आज उक्त मुद्दाको पेशी बुझ्न आएका बेला श्रीमतीले जुत्ता प्रहार गरेकी हुन् । वैवाहिक बलात्कार मद्दामा गत चैत २८ गते गिरी पक्राउ परेका थिए ।