२०८१ चैत्र २ शनिबार

नेपाल चलचित्र संघले हिन्दी चलाउने निर्णय गरेको छ । आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले आदिपुरुष बाहेक हिन्दी फिल्म चलाउने निर्णय गरेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी सिनेमा आदिपुरुषमा रहेको संवादका विषयलाई लिएर काठमाडौं महानगरभित्र हिन्दी फिल्म रोक लगाउने गरेका थिए । मेयर बालेनको यस्तो निर्णयपछि पोखरा महानगरपालिका र धरान उपमहानगरपालिकाले पनि हिन्दी फिल्म रोक लगाउने निर्णय गरेका थिए ।

संघले विज्ञप्ती जारी गर्दै भनेको छ नेपालको कानुन अधिनमा रही स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउनु नैसर्गिक अधिकार हो । राष्ट्र र राष्ट्रियता भन्दा माथी कोही छैन भन्ने नेपाल चलचित्र संघको मान्यता रहेको छ ।

सधैं संघले जारी गरेको विज्ञप्तीमा उच्च अदालत पाटनले २०८० असार ७ गते गरेको विपक्षीहरूको नाममा हिन्दी एवम् अन्य चलचित्र प्रदर्शन नगर्नु नगराउनु भनी अल्पकालीन आदेश जारी गरेको पनि उल्लेख गरेको छ । उक्त आदेशको सम्मान गर्दै शुक्रबारबाट नेपालभर फिल्म प्रदर्शन गर्ने निर्णय गरेको संघले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय