२०८१ चैत्र २ शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, सरकाले डिजिटल नेपाल निर्माणका लागि आवश्कय पूर्वाधार विकासमा काम गरिरहेको बताएका छन्।

काठमाडौँमा आयोजित हुवावे डिजिटल नेपाल कन्क्लेभ २०२३ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले, डिजिटल पूर्वाधार विकास मार्फत राज्यको पहुँच नपुगेका दुर्गम क्षेत्रका सर्वसाधारणलाई समेत जीवनस्तर उकास्न आवश्यक पहल गरिएको दाबी गरेका हुन्।

‘डिजिटल डिभाइडलाई कम गर्ने र डिजिटल इकोनोमीमा जोड दिने सरकारको अभिप्राय हो। तर पनि नेपालको भौगोलिक अवस्था,श्रोतसाधनको कमी, दक्ष जनशक्तिको अभाव तथा कतिपय नीतिगत कठिनाइले सोचेअनुरुप विकास हुन नसकेको यथार्थ हाम्रा सामु छ।’उनले भने ‘हाम्रो अपेक्षा र सोच आर्टिफिसियल इन्टेलिजेन्स एआई जस्तै जस्तै द्रूत भए पनि स्रोतसाधन, संरचना र कार्यशैली भने त्यस अनुरुप छैनन्। यसतर्फ विशेष ध्यान दिएर राष्ट्रलाई डिजिटल सक्षमतातर्फ विकास गर्नु जरुरी छ।’

पछिल्लो समयमा आइसिटीका क्षेत्रमा नेपालभित्रै दक्ष जनशक्ति विकास हुँदै जानु हाम्रो सबल पक्ष रहेको उल्लेख गरेका प्रधानमन्त्रीले सफ्टवेयरका क्षेत्रमा परनिर्भरताको अन्त्य गर्ने सम्भावनाको ढोका खुल्दै गएको दाबी गरे।

स्वदेशमा समुचित रोजगारी तथा अवसरको वातावरण नहुँदा आइसिटी क्षेत्रका जनशक्ति पलायन भइरहेको तथ्यप्रति आफू सचेत रहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ। उनले भने ‘यो अवस्थाको गम्भीरता महसुस गरेर सरकारले बजेटमार्फत २० प्रतिशत महंगो भएपनि स्वदेशी प्रविधि प्रयोग गर्ने नीतिगत व्यवस्था र आविस्कार, स्टार्टअप र इन्नोभेसनका क्षेत्रमा कूल विकास बजेटको १ प्रतिशत विनियोजन गरेका छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय