२०८१ चैत्र २ शनिबार

यो साता २ दिन बढेको सेयर बजार ३ दिन घट्दा पनि १३ दशमलव ६१ अंकले बढेको छ । साताको पहिलो दिन आइतबार र अन्तिम दिन बिहीबार बजार बढ्यो भने बाँकी तीन दिन बजार ओरालो झरेको थियो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् जेठ ३२ गते २ हजार ४२ अंकमा रहेको नेप्से सूचक यो साता १३ दशमलव ४६ अंकले बढ्दै २ हजार ५५ दशमलव ५३ अंकको विन्दुमा पुगेको हो ।

नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । सुधार हुँदै २० अर्ब १४ करोड ७ लाख ७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबार हुने साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज साताको पहिलो कारोबार दिन बजार ५२ दशमलव २५ अंकले नेप्से बढेकोमा दोस्रो, तेस्रो र चौथो दिन क्रमशः २ दशमलव ९४ अंक, २६ दशमलव ५६ अंक र १४ दशमलव शून्य ५ अंकले घट्यो । तर, कारोबार हुने साताको अन्तिम दिन बिहीबार भने ४ दशमलव ७५ अंकले बढेर बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय