
नेपाली बजारमा आज साताको पहिलो कारोबार दिन सुनको मूल्यमा वृद्धि भएको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन अर्थात शुक्रबार १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर १ लाख १० हजार २ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ९ हजार ६५० रुपैयाँ तोकिएको छ । शुक्रबार तेजावी सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आजका लागि चाँदीको मूल्य १ हजार ३६० रुपैयाँ तोकिएको छ । जुन गत शुक्रबारको तुलनामा १५ रुपैयाँले बढेको हो ।