२०८१ चैत्र १२ मंगलवार

सेयर बजारले उकालाे यात्रालाई साेमबार पनि कायमै राखेको छ । यस दिन नेप्से सूचक ११.६९ अंकले बढेर २१२९.४२ विन्दुमा पुगेको छ ।

बैंकिङ प्रणालीमा देखिएकाे तरलतामा सहज बन्दै गएपछि सेयर बजारमा पनि सकारात्मक प्रभाव देखिएको हाे । सोमबार २७९ कम्पनीको ११ कराेड १९ लाख ३ हजार ६८७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

पछिल्लो समय सेयर बजार बढिरहँदा लगानीकर्ताहरुले सेक्टर परिवर्तन गर्दै लगानी गरेको देखिन्छ । सोमबार माइक्रोफाइनान्स समूहमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ । यसअघि, होटल तथा पर्यटन समूह र बिमा समूहहरुमा लगानीकर्ता झुम्मिएका थिए । बैंकिङ प्रणालीमा तरलता सहज हुँदै जाँदा ब्याजदर पनि घट्न थालेको छ ।

हिमालयन लाइफ इन्स्याेरेन्सको भाउ १० प्रतिशतले बढेको छ । शिवम् सिमेन्ट्सको सबैभन्दा बढी ४२ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसैगरी, दोस्रोमा सोल्टी होटलको २७ करोड २६ लाख रुपैयाँ र तेस्रोमा हिमालयन डिस्टिलरीको २२ करोड ३७ लाख रुपैयाँको सेयरकिनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय