२०८१ चैत्र १० आईतवार

काठमाडौंमा एटीएम तोडफोड गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–१५, डल्लुस्थित सिद्धार्थ चोक नजिकै रहेको माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गर्ने पारस ठकुरी र चन्द्र तामाङ पक्राउ परेका छन् । दैलेख घर भएका २३ वर्षीय ठकुरी र दोलखाको मेलुङ गाउँपालिका–५ घर भएका १९ वर्षीय तामाङलाई प्रहरीले गएराति पक्राउ गरेको जनाएको छ ।

एटीएम तोफोड गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय