२०८२ बैशाख ६ शनिबार

कुमारी बैंकले आफ्नो संस्थापक समूहको सेयर आजबाट बिक्रीमा राखेको छ। बैंकले ३ लाख १६ हजार १ सय ४० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

सेयरमा विद्यमान संस्थापकसँगै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय १० रुपैयाँ तोकिएको छ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ता सेयरका लागि खरिद आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछ। लगानीकर्ताहरुले असार १८ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय