
कुमारी बैंक लिमिटेडले संस्थापक समूहको ३ लाख १६ हजार १४० कित्ता शेयर पहिलो चरणमा बिक्रि नभएपछि दोस्रो पटक सूचना जारी गरेको छ।
बैंकका एक शेयरधनिले आफ्नो नाममा रहेको उक्त शेयर बिक्रि गर्न चाहेपछि प्रचलित नियम कानून तथा नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन २००९ तथा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्थाको अधिनमा रही संस्थापक समूहको शेयर सोही समूहमा नै रहने गरी लिलाम बढाबढद्वारा बिक्री आह्वन गरेपनि आवेदन नपरेपछि बैंकले पुन आज जेठ १२ गते अर्को सूचना जारी गरेको हो।
सुचनामा भनिएको छ, ‘संस्थापक शेयरहरु खरीद गर्न विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने प्रावधान अनुसार इच्छुक संस्थापक शेयरधनीलाई मिति जेठ ८ गतेदेखि असार १० गते सम्म ३५ दिनको समयावधि दिई सूचना प्रकाशित गरिएकोमा उक्त समयावधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नआएको हुँदा उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु तथा उक्त शेयर खरीद गर्न योग्य अन्य व्यक्ति, कम्पनी संघ संस्थाहरूले मिति २०८०–०३–१८ गते कार्यालय समयभित्र बि। ओ। के। क्यापिटल मार्केट लि., नारायणचौर नक्साल, काठमाडौमा आइपुग्ने गरी प्रति कित्ता के कति दर रेटमा खरीद गर्ने हो तपशिलमा उल्लेखित शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नु हुन अनुरोध गरिन्छ ।’