२०८१ चैत्र १२ मंगलवार

काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रको जग्गाको मूल्यांकन सबैभन्दा बढी गरेको छ । आर्थिक विधेयक २०८० अनुसार इन्द्रचोक, खिचापोखरी , धरहरासम्मको मुल सडकक जोडिएको जग्गाको मुल्य प्रतिआना ५० लाख तोकेको हो ।

ठमेल, क्षेत्रपाटी, हनुमानढोका, असन, भोटाहिटी, नाचघर, माइतीघर, सिंहदरबार पश्चिमगेट, पुतलीसडक, हात्तीसार, दरबारमार्ग, बागबजारका मुलसडकको प्रतिआना ५० लाख निर्धारण गरेको छ ।

अनामनगर, हनुमानस्थान, थापा गाउँ, गौशालाबाट रातोपुल हुँदै कृष्णपाउरोटीसम्मको २८ लाख रुपैयाँ तोकिएको छ ।

काठमाडौं महानगरले बाटो नभएका र च वर्गका जग्गा ४ लाख रुपैयाँ मुल्यांकन गरेको छ। बाटो नभएकै क वर्गका जग्गाको २० लाखसम्म गरिएको छ ।

चाबहिल चोकको पिपलबोट हुँदै गौरीघाट चोकसम्म, महांकाल, जोरपाटी सडकको १३ लाख रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय