२०८१ चैत्र १२ मंगलवार

प्रतिनिधिसभा सदस्य सोविता गौतमले बैंक तथा वित्तीय संस्थाका कारण धेरै नेपालीले आत्महत्या गर्ने स्थिति सिर्जना भएको बताएकी छिन् ।

प्रतिनिधि सभामा सांसद् गौतमले बैंकले ऋण दिने क्रममा ८-९ प्रतिशत ब्याज लगाउने र विस्तारै च्याप्ने गरेको बताइन् । सांसद गौतमले भनिन्, ‘सुरुमा बैंकले ऋण दिने बेला ८(९ प्रतिशत ब्याज लगाएर दिन्छन् । तर, विस्तारै बैंकमा ब्याज १६ प्रतिशतसम्म पुर्‍याउँछ । यसको नियमन गर्न जरुरी छ । बैंकहरूका कारण धेरै नेपालीले आत्महत्या गर्ने स्थिति सिर्जना समेत भएको छ ।’

प्रतिनिधिसभा सरकारको कठपुतली नभएको बताइन् । गौतमले थपिन्, ‘सरकारले कुन–कुन विषयमा विधेयक बनाउन चाहन्छ अधिवेशन सुरु हुनुभन्दा अगाडि सरकारले सांसद्लाई लिस्ट बनाएर दिनुपर्छ । यो सांसद्को विशेष अधिकार हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय