२०८१ चैत्र १२ मंगलवार

नेपाली बजारमा आज साताको पहिलो दिन सुनको मूल्य बढेको छ । छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेको छ भने तेजावी सुन तोलामा ४ सय ५० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुनको भाउ पनि तोलामा ४ सय ५० रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय