२०८१ चैत्र २ शनिबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नापी कार्यालय मनमैजुका नापी सर्वेक्षक र एक लेखापढी व्यवसायीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध आइतबार विशेषमा मुद्दा दायर गरेको हो ।

जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले उनीहरुलाई एक लाख ७५ हजार रुपैयाँसहित पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय