२०८१ चैत्र २ शनिबार

अर्थमन्त्री प्रकाशशरण महतले सरकारले हुने खाने वर्गलाई हेरेर केही वस्तु तथा सेवामा कर वृद्धि गरिएको बताएका छन् । सरकारले व्यवस्था गरेको करले गरिब जनतालाई नछुने उनको दाबी छ ।

आइतबार प्रतिनिधिसभामा छलफलका लागि पेस भएको आर्थिक विधेयक, २०८० मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री महतले सरकारले गरिबीको पक्षमा बजेटमा करको व्यवस्था गरेको दाबी गरे ।

सांसदहरूले सरकारले ल्याएको बजेट र कर वृद्धि गरिबमैत्री नभएको बताएका थिए । मन्त्री महतले सरकारले आवश्यकता र विभिन्न देशमा व्यवस्था भएबमोजिम आवश्यकता देखेर हवाइ भाडा तथा विलासिता करको व्यवस्था गरेको बताए ।

आजै आर्थिक विधेयक प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय