
कृषि विकास बैंकले हितग्राही ग्राहकहरुलाई डिम्याट खाता नविकरण गर्न आग्रह गरेको छ । बैंकले २०८० असार ३१ गतेसम्म म्याद भएका डिम्याट खाता २०८० असार ३१ गतेभित्र नविकरण गर्न आग्रह गरेको हो ।
नविकरण शुल्क इसेवा, खल्ती, कनेक्ट आइपीएस, प्रभु पे तथा आइएमई पे लगायतका वालेटहरु मार्फत वा बैंकका कुनै पनि शाखामा सम्पर्क गरी भुक्तानी गर्न सकिनेछ ।
बैंकले तोकेको उक्त समयअवधिभित्र शुल्क भुक्तानी नभएमा डिम्याट खाता फ्रिज९रोक्का० हुने कम्पनीले जनाएको छ ।