२०८१ चैत्र २ शनिबार

नेपाल नागरिक उड्डयन प्राधिकरणले तेस्रो पटक हवाई भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि कार्यान्वयनमा आउने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यसँगै हवाई इन्धनको मूल्य समेत घटाएपछि प्राधिकरणले हवाई भाडा घटाएको हो ।

घटेको मूल्य अनुसार सबैभन्दा बढी काठमाडौँ–धनगढीको हवाई भाडा ६१५ रुपैयाँले घटको छ । यसअघि काठमाडौँ–धनगढीको फ्यूल सर्चाज ६ हजार ६२५ रुपैयाँ रहेकोमा अहिले घटेर ६ हजार १० रुपैयाँमा झरेको छ । यस्तै सबैभन्दा कम छोटो दूरीमा रहेको काठमाडौँ–सिमराको फ्यूल सर्चाज १२५ रुपैयाँले घट्दै १,२२५ रुपैयाँ कायम भएको छ । योसँगै हवाई भाडामा व्यापक कटौती भएको छ ।

सोमबार आयात निगमले आन्तरिक उडानतर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फको इन्धन मूल्य प्रतिलिटर १५ रुपैयाँले घटाएको थियो । योसँगै प्राधिकरणले छोटो समयमा तेस्रो पटक हवाई भाडा समायोजन गरेको हो ।
हेर्नुस् कहाँको भाडा कति ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय