
नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टलाई जालसाजी मुद्दा चलाउने तयारी गरेको छ। घोराही सिमेन्टले गत जेठ ३२ गतेदेखि असार ४ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको सेयरमा फर्जी आवेदन परेको भन्दै धितोपत्र बोर्डले आइपीओ निष्काशन स्थगित गरेको थियो।
बैंक खातामा रहेको रकम भन्दा बढीको आवेदन दिएको भन्दै बोर्डले आइपीओ स्थगित गरी छानबिन अगाडि बढाएको थियो। सो सम्बन्धमा छानविन गर्नका लागि बोर्डले जाँचबुझ समिति बनाएको थियो। उक्त समितिले बुझाएको प्रतिवेदनका आधारमा घोराही सिमेन्टलाई जालसाजी गरेको अभियोगमा नेपाल प्रहरीलाई मुद्दा चलाउन दिने निर्णय धितोपत्र बोर्डले गरेको छ।
‘केही लगानीकर्ताहरुले बैंक खातामा पर्याप्त मात्रमा रकम नहुँदा नहुँदै सर्वसधारण लगानीकर्तालई भ्रमित पार्ने उद्देश्यले अस्भाविक रुपमा ठुलो कित्ता शेयर खरिद गर्न आवेदन दिएकोमा उक्त आवेदनहरु निष्काशनकर्ता कम्पनी र निष्कासन तथा विक्री प्रबन्धक संचालक र कम्पनीहरुसँग कुनै सम्वन्ध नदिएको तर उल्लेखित आवेदकहरुले सर्वसाधारणलाई भ्रमित पार्ने उद्देश्यले आवेदन गरेको देखिएकाले जालजाजी सम्वन्धमा नेपाल प्रहरी समक्ष थप छानविनका लागि सिफारिस गर्ने’, धितोपत्र बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।