
आईतबार सुनको मूल्यमा बृद्धि भएको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर १ लाख ११ हजार तीन सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर एक हजार तीन सय ९५ रुपैयाँका कारोबार भैरहेको छ ।