२०८१ चैत्र ११ सोमबार

महानगरपालिकाका मेयर बालेन शाहका फ्यानका लागि दुखद खवर आएको छ । उनले अब हरेक महिना अदालतमा तारेख बुझाउनुपर्ने भएको हो । बालेनले अदालतको अपहेलना मुद्दामा बालेनले बुझाउनु पर्ने भएको हो । सो विषयको जानकारी शाहले फेसबुक मार्फत दिएका छन् ।

सर्वोच्च अदालतले दिएको तारेखपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै मेयर बालेन्द्रले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू ‘अपराधी’ हुन पुगेको पनि उल्लेख गरेका छन् । अदालतले तारेख पत्र बुझाएपछि उनी आफैले आफैलाई अपराधी भएको घोषणा गरेका हुन् ।

उनले आज आफ्नो एक विशेष दिन भन्दै देशको संस्कृतिमाथि भारतले हस्तक्षेप गर्दा विरोध गरेको परिणाम आएको बताएका छन् । उनले भनेका छन्, ‘आज एउटा विशेस दिन । आजबाट म तारिखमा छु , भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा ।’ उनले आफू तारिखमा बस्नुपरेको मात्रै भनेका छैनन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत झटारो हानेका छन् ।

उनले भनेका छन्, ‘मैले तारेख पाएकै दिन प्रधानमन्त्री ज्यूले छुट पाउनुभयो । भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा ।’ यति मात्रै होइन बालेनले म आज बाट अपराधी । भन्दै भाबुक शब्दहरु पनि लेखेका छन् । यसअघि मेयर शाहविरुद्ध परेको अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको थियो । मेयर शाहविरुद्ध परेको रिटको गत मंगलबार सुनुवाइ गर्दै गत असार १२ गते सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद आचार्यको एकल इजलासले लिखित जवाफ माग गरेको थियो ।

भारतीय चलचित्र आदीपुरुष विवाद बढ्दै गएपछि मेयर शाहले गत बिहीबार सामाजिक सञ्जालमार्फत अदालत र सरकार भारतको गुलाम भएको बताएका थिए। त्यसपछि पनि मेयर बालेन्द्रले सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै दिल्लीको आदेश मान्ने सांसदको बहुमत सरकारमा रहेको बताएका थिए। ‘हामीलाई प्रचण्डज्यू भन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लायो, दिल्लीको आदेश मन्ने सांसदको बहुमत रहेछ सरकारमा,’ बिहीबार साँझ उनले लेखेका छन्, ‘भारतीय गुलामहरुले देश चलाउँदैछ, र म मात्र बिरोधमा? र म मात्र अदालतको अवहेलनामा? सबै जना मरेका लासहरू हुन ?’ उनले लेखेका थिए ।

प्रधानमन्त्री प्रचण्डले एक सार्वजनिक कार्यक्रममा ‘आफू प्रधानमन्त्री बन्न व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’ अभिव्यक्ति दिएसँगै त्यसको आलोचना भइरहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त संसद नै अवरोध गरेर प्रधानमन्त्रीको राजीनामा माग गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर