
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रमेशकुमार भट्टराईको नियुक्तिलाई नेपाल बिमा प्राधिकरणले स्वीकृति दिएको छ ।
प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार यही असार २९ गते हुने निर्णय भइसकेको छ । दुवै कम्पनीबीचमा गत असार ३० गते मर्जरको प्रारम्भिक सहमति र २०८० जेठ ३ गते अन्तिम सहमति भएको थियो ।
दुवै सम्झौतामा महालक्ष्मी लाइफका सिइओ भट्टराईलाई मर्जरपछिको आगामी चार वर्षका लागि पनि एकीकृत कम्पनीको सिइओ नियुक्त गर्ने सहमति भएको थियो । व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक भट्टराई महालक्ष्मी लाइफको स्थापनाकालदेखिको सिइओ थिए। २०३८ सालमा नेपाल बैंकको अधिकृतबाट बैंकिङ करिअर सुरु गरेका उनी विगत ४२ वर्षदेखि बैंक र बिमा क्षेत्रमा निरन्तर सेवारत छन् ।