
नेपाली बजारमा आज आइतबार साताको पहिलो दिन सुनको भाउ तीन सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो अस्ती शुक्रवारको भन्दा तोलामा ३ सय रुपैयाँले सस्तो हो ।
यस्तै, चाँदीको भाउ भने आज स्थिर छ । चाँदी आज अस्ती जस्तै तोलाको १ हजार ४ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।