२०८१ चैत्र १२ मंगलवार

एक्सेल डेभलपमेन्ट बैंकले १६ हजार बढी संस्थापक शेयर बिक्रिमा ल्याएको छ। संस्थापक शेयरधनी चेत प्रसाद भट्टराईले १६ हजार २७५ कित्ता शेयर बेच्न चाहेको निवेदन दिएपछि बैंकको सञ्चालक समितिले निर्णय गरि बिक्रिमा ल्याएको हो।

संस्थापक शेयर खरिदको लागि बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनु पर्ने व्यवस्था अनुसार बैंकले ३५ दिने सूचना जारी गरेको छ। सोही अनुसार योग्य शेयरधनिले उक्त शेयर खरिद गर्न आवेदन दिन सक्नेछ।

विकास बैंकको केन्द्रीय कार्यालय बिर्तामोड, झापामा के कति शेयर कित्ता खरीद गरी लिनु हुने हो सो व्यहोरा खुलाई निवेदन दिनु सकिन्छ। तोकिएको उक्त म्याद भित्र हाल कायम संस्थापक शेयरधनी महानुभावहरुको इच्छा जाहेर हुन नआएमा वा सबै शेयर खरीद गरी लिन निवेदन नपरेमा बाँकी रहन गएको शेयर कित्ता प्रचलित नियमानुसार अन्य व्यक्तिलाई बिक्री गर्ने गर्ने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय