२०८१ चैत्र १० आईतवार

नयाँ आर्थिक वर्षसँग बैंकिङ्ग प्रणालीमा भएको अधिकत तरलता सन्तुलनतर्फ आएको छ। साउनको पहिलो दुई दिनमै अधिक तरलताको मारमा रहेको बैंकिङ प्रणालीबाट १ खर्ब २३ अर्ब रुपैयाँ बाहिरिएको हो।

असार मसान्तको दिन बैंकिङ प्रणालीमा ५७ खर्ब ६७ अर्ब निक्षेप भएकोमा साउन १ गते सोमबार ५७ खर्ब ४३ मा झरेको थियो। अर्को दिन २ गते सोमबारसम्म ५६ खर्ब ५८ अर्ब हुँदै ३ गते मंगलबारसम्ममा बैंकिङ प्रणालीमा यस्तो निक्षेप ५६ खर्ब ४४ खर्बमा कायम भएको हो।

निक्षेपसँगै सीडि रेसियोमा पनि वृद्धि भएको देखिन्छ। असारको अन्तिम दिन ८१.६६ प्रतिशत रहेको सीडी रेसियो साउन एक गते ८१.९१, दुई गते ८२.९९ हुँदै तीन गतेसम्म आउँदा ८३.०६ प्रतिशतमा आएको हो।

यता अन्तरबैंक ब्याजदर ह्वात्तै बढेको छ। असारको मसान्तको दिन ०.४४, साउन एक गते ०.५३ प्रतिशत, दुई गते ६.५१ हुँदै तीन गते ६.८२ प्रतिशतमा उक्लिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय