
नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्दैछ।
बजेट सार्वजनिक भएसँगै मौद्रिक नीतिमा केन्द्रित भएको राष्ट्र बैंकले आइतबार बोर्डको बैठक राखेर मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो । अहिले जारी राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पास गर्नेछ ।
सरकारले आर्थिक वर्ष २०८०/८१ का निम्ति बजेट सार्वजनिक गरेको डेढ महिना बितेपछि मौद्रिक नीति आउन लागेको हो। राष्ट्र बैंक व्यवस्थापनले मौद्रिक नीतिको खाका तयार गरेको भए पनि सञ्चालक समितिले आवश्यक थपघट गरेपछि मात्रै सार्वजनिक हुनेछ।
राष्ट्र बैंकको व्यवस्थापन समितिले मौद्रिक नीति पारित गरिसकेको छ। खासगरी सेयर बजार र घरजग्गा क्षेत्रका लागि कस्तो मौद्रिक नीति आउला भनेर चासो बढेको छ।