
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको हाे ।
आज बिहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिकाे बैठकले मौद्रिक निति पारितगरेसँगै राष्ट्र बैंकले वेवसाईटमार्फत सार्वजनिक गरेको हो ।
मौद्रिक नीतिको पूर्ण पाठ केन्द्रीय बैंकको वेबसाइटबाट सार्वजनिक गरेसँगै मौद्रिक नीतिका सम्बन्धमा पत्रकार सम्मेलन भने दिउँसो ३ बजे याक एन्ड यति होटलमा राखिएको छ ।