२०८१ चैत्र १२ मंगलवार

सुनचाँदीको मूल्यमा आज पनि गिरावट आएको छ । गएको बिहीवार अहिलेसम्मकै उच्च प्रतितोलाको एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेको सुनको मूल्य त्यसपछि लगातार ओरालो लागेको हो ।

आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख १२ हजार रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको थियो । हिजो तोलाको एक लाख १२ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै, शुक्रवार तोलाको एक लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको पनि मूल्य पनि तल झरेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो तोलामा एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय