
लागुऔषध खैरो हिरोईनसहित श्रीमान् श्रीमती पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोसाकको टोलीले कैलालीको गोदावरी नगरपालिका–५ गेटा बस्ने २० वर्षीय अनिता राना र उनका श्रीमान २४ वर्षीय अन्तराम रानालाई पक्राउ गरेको हो ।
घरमा खानतलासी गर्ने क्रममा उनीहरू सुत्ने कोठामा राखिएको प्लाष्टिकको जेब्रा झोलामा २ ग्राम लागु औषध खैरो हिरोईनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । अन्तराम रानालाई ३ महिना अगाडी पनि सामान्य चोरीको घटनामा कारबाही गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूले शारीरिक अपाङ्गताको आवरणमा श्रीमान श्रीमती भारतको सिमा नाका बजारबाट लागु औषध ल्याएर गाउँ टोलका युवा ग्राहकहरुलाई बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।