२०८१ चैत्र ११ सोमबार

सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा ७ गते महिला आदर्श सेवा केन्द लाई आर्थिक सहयोग अन्र्तगत चेक हस्तान्तण गरी सहयोग गरेको छ । यस महिला आदर्श सेवा केन्द नेपाली महिलाहरुमा चेतना जगाउने र आत्मनिर्भरताको विकास गर्ने उद्देश्यले बि. सं २०४० मा स्थापना भएको संस्था हो ।

यस बीच सो संस्थाले महिला वर्गलाई विभिन्न शिपमूलक तालिम प्रदान गर्दै आइरहेको छ । अहिले संस्थाले आप्mनै भवन निर्माण गरिरहेको क्रममा सो निर्माणमा सघाउन सांग्रिला डेभलपमेन्ट बैंकले केही आर्थिक सहयोग उपलब्ध गराएको हो ।

उक्त महिला आदर्श सेवा केन्द्रलाई बैंकका प्रमुख सञ्चालन अधिकृत श्री अपूर्व प्रसाद जोशीले चेक हस्तान्तरण गरेका थिए । यस किसिमको सहयोगले उक्त केन्द«लाई ठूलो मद्दत पुगेको कुरा व्यक्त गर्दै सो महिला आदर्श सेवा केन्द«का अध्यक्ष निरु श्रेष्ठले आफ्नो विचार राखे। सांग्रिला डेभलपमेन्ट बंैकले देशभर रहेका आफ्ना ११२ शाखा कार्यालय मार्फत समय समयमा यस किसिमको सामाजिक उत्तरदायित्व वहन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर