२०८२ बैशाख ६ शनिबार

अपर तामाकोशी हाइड्रोपावरले विभिन्न पदका लागि ४५ जना कर्मचारी माग गरेको छ । कम्पनीले माग गरेको पदहरुमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले १६ पदका लागि ४५ जना कर्मचारी माग गरेको हो कम्पनीले वरिष्ठ इन्जिनियर इलेक्ट्रिकलमा १ जना, वरिष्ठ इन्जिनियर मेकानिकलमा १ जना, इलेक्ट्रिकल इन्जिनियर तह ७ का लागि ३ जना, इन्जिनियर इलेक्ट्रिकल, सञ्चार, सिभिल इन्जिनियर, विविधका लागि १र १ जना कर्मचारी माग गरेको हो ।

त्यस्तै, कम्पनीले सहायक प्रशासकीय अधिकृत २ जना, सहायक लेखा अधिकृतमा २ जना, इलेक्ट्रिकल र सिभिल सुपरभाइजर १र१ जना, मेकानिकल सुपरभाइजर ४ जना, इलेक्ट्रिकल फोरमेन ८ जना, इलेक्ट्रिसियन ३ जना र मेकानिमल जुनियर मिस्त्रीमा ११ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले उक्त कर्मचारी १ वर्ष करारको लागि माग गरेको हो जसमा आवश्यक्ता, कार्य क्षमताका आधारमा नविकरण गरिने जनाएको छ । सेवा सुविधा कम्पनीको नियम अनुसार हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय