२०८१ चैत्र १२ मंगलवार

लाइफ इन्स्याेरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल)ले साधारणसभा प्रयोजनका लागि मंगलबार बुक क्लोज गर्ने भएको छ। यसर्थ,आजसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्।

यसले साउन १७ साधारणसभा बोलाएको छ। कम्पनीले यो वर्ष लगानीकर्ताको हात भने रित्तो बनाउने भएको छ। लाभांश वितरण सम्बन्धी एजेन्डा छैन। यसले गत वर्ष भने २०% बोनस सेयर र कर तिर्न १.०५% लाभांश वितरण गरेको थियो। सभामा ४.६५ प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव रहेको छ। यस्तै,कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छ।

सभामा कम्पनीको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। यस्तै,आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ। साधारणसभा लिसारा रिसेप्सन भगवती बहाल काठमाडौंमा दिउँसो ४ बजे सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय