२०८१ चैत्र १२ मंगलवार

सरकारले विदेशी विनिमय सञ्चिति जोगाउन डिजेल पेट्रोलबाट चल्ने सवारीको आयात रोकेपछि चालु आर्थिक वर्ष २०७९/८० मा इलेक्ट्रिक सवारी साधन अहिलेसम्मकै सबैभन्दा बढी भित्रिएका छन् ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा ४ हजार ५० इलेक्ट्रिक सवारी साधन आयात भएका हुन् । जुन संख्या नेपाल भित्रिने ईभीको हालसम्मकै सबैभन्दा बढी हो । यसअघि आर्थिक वर्ष २०७८/७९ मा १ हजार ८०७ युनिट मात्र ईभी भित्रिएकाे थियाे ।

हालसम्म भित्रिएका इलेक्ट्रिक सवारी साधनमध्ये सबैभन्दा बढी अर्थात ३ हजार ७५९ युनिट ५० किलोवाट सम्मका इलेक्ट्रिक कार, जिप र भ्यान छन् । त्यसैगरी ५१ देखि १०० किलोवाट सम्मका २७२, १०१ देखि २०० किलोवाट सम्मका १५ युनिट र २०१ देखि ३०० किलोवाट सम्मका ४ युनिट रहेका छन् ।

कुन महिनामा कति ईभी भित्रिए ?

गत आर्थिक वर्षको पहिलो महिना साउनमा २११ युनिट इलेक्ट्रिक सवारी साधन आयात भएका थियो भने भदौ महिनामा २०३, असोज महिनामा २९१, कार्तिक महिनामा ३१३, मंसिर महिनामा ३३५ र पुस महिनामा ३९६ इलेक्ट्रिक कार, जिप र भ्यान भित्रिएका थिए ।

त्यसैगरी माघ महिनामा २६०, फागुन महिनामा १८९, चैत महिनामा २५३ र बैशाख महिनामा ५०४ विद्युतीय कार भित्रिएका थिए । जेठ महिनामा नेपालमा ९ सय १५ विद्युतीय कार भित्रिएका छन् । असार महिनामा भने १८० विद्युतीय कार, जिप र भ्यान मात्र भित्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय