
अत्तरियाको एक होटलबाट वेश्यावृतिमा संलग्न भएको आशंकामा ३ महिलालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको गोदावरी नगरपालिका- २ अत्तरियाबाट इलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोषाकमा खटिएको प्रहरी टोलीले रिङ्गरोडमा रहेको पुजा होटलबाट ३ महिलालाई पक्राउ गरेको हो ।
मंगलबार साँझ सादा पोषाकमा बुझ्न गएका प्रहरीलाई होटल संचालिकाले नै केटी मिलाइदिने बताएपछि खानतलासी गर्दा वेश्यावृतिका लागि होटलमा राखेका २ महिला फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताएका छन ।
उनका अनुसार साधा पोषकमा बुझ्न भएका प्रहरीलाई ३५ बर्षीय होटल संचालिकाले केटी मिलाइदिन्छु भन्दै मुल्यको बार्गेनिङ समेत गरेकी थिइन । उनले १ घण्टाको १५ सय र एक रातको ६ हजार भनी २ महिलालाई होटलमा देखाएकी थिइन । प्रहरीका अनुसार ति महिला धादिङ घर भइ हाल गोदावरी नगरपालिका – २ तेघरीमा बस्दै आएकी थिइन ।
प्रहरीले होटल संचालिका सहित तिनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।