२०८१ चैत्र १० आईतवार

होण्डाले सिटी ई-एचईभी नेपाली बजारमा सार्वजनिक गरेको छ । वर्षौंदेखि उपभोक्ता माझ लोकप्रिय होण्डा सिटी यसपाली नयाँ हाइब्रिड भेरिएन्टमा बजारमा भित्र्याएको हो ।

आत्याधुनिक प्रविधियुक्त सिटी ई-एचईभीले नेपालको अटोमोटिभ क्षेत्रमा महत्वपूर्ण फड्को मार्ने संकेत गरेको छ । द्रुत एक्सिलरेसन, उत्कृष्ट फ्युल इकोनोमीका साथ नेपालमा दिगो र पर्यावरणमैत्री सवारीका लागि नयाँ मापदण्ड सेट गरेको कम्पनीको भनाइ छ ।

सिटी ई-एचईभीको विशिष्ट विशेषता मध्ये एक एडभान्स्ड सेनसिङ्ग स्वीट रहेको छ । यो सवारीचालक तथा पैदलयात्री दुवैलाई मध्यनजर गरी डिजाइन गरिएको अत्याधुनिक सेफ्टी टेक्नोलोजी हो । यस प्रविधि अन्तर्गत गाडीमा जोडिएको वाइड-एंगल फ्रन्ट क्यामेराले दूरीमा रहेका सम्भावित खतराबारे चालकलाई सचेत गराई दुर्घटनाको जोखिम कम गर्न मद्दत गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय