
नेपाली बजारमा आज सुनको भाउ ९ सय रूपैयाँले घटेकाे छ।
बिहीबार १ लाख १३ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ६ सय रूपैयाँमा काराेवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, तेजाबी सुनकाे मूल्य ताेलामा १ लाख १२ हजार ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। आज चाँदीको मूल्य ४० रूपैयाँले घटेकाे छ। बिहीबार १ हजार ४ सय ९० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ।