२०८२ जेष्ठ २९ बिहीबार

नेपाल बैंक लिमिटेडले सुरु गरेको सफ्टवेयर खरिद प्रक्रिया सुरुमै विवादमा परेको छ । बजार मूल्यभन्दा दोब्बरमा कोर बैंकिङ प्रणाली सम्बन्धी सफ्टवेयर खरिद प्रक्रिया अघि बढाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्टीकरण सोधी कागजात मगाएर अनुसन्धान अघि बढाएको छ ।

बजारमूल्यभन्दा दोब्बर महँगोमा सफ्टवेयर खरिद गर्ने प्रक्रिया किन अघि बढाएको भन्ने विषयमा बैंकलाई स्पष्टीकरण समेत सोधिएको अख्तियार स्रोतले बताएको छ । स्रोतका अनुसार उक्त विषयमा अख्तियारले बैंकसगँ सम्बन्धित कागजात मगाएर थप अनुसन्धान अघि बढाएको छ । अख्तियारले २०८० असार २५ गते नै उक्त विषयमा अनुसन्धान गर्ने निर्णय गरेको थियो । बैंकका उच्च अधिकारीको मिलेमतोमा पुरानो मिति राखेर छनौट गरेको खुलासा भएको छ । जसमा बैंकका प्रमुख कार्यकारी अधिकृतले नै पुरानो मितिको कागजात स्वीकृत गरी खामबन्दी गरी राखेको भेटिएको हो ।

यसो त बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार अधिकारीले पनि सफ्टवेयर खरिद प्रक्रियामा अख्तियारले छानबिन गरिरहेको स्वीकारेका छन् । अख्तियारको पत्रपछि आफूहरुले जवाफसहित माग बमोजिमको कागजात पठाइसकेको अधिकारीले बताएका छन् ।

खरिद प्रक्रियाको फाइल हेरेका अख्तियार स्रोतका अनुसार, नेपालका निजी बैंकहरुले २५ करोड रुपैयाँको हाराहारीमा खरिद भइरहेको भनी विवरण नै अख्तियारमा पेश भएको छ । तर सफ्टवेयरका लागि नेपाल बैंक लिमिटेडले ७० करोड रुपैयाँको बजेट छुट्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर