
सामाजिक सुरक्षा कोषले कार्यकारी निर्देशकमा पदपूर्तिमा लागि आवेदन आह्वा गरेको छ । सामाजिक सुरक्षा कोषमा रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो ।
अर्थशास्त्र, व्यवस्थापन, श्रम, वाणिज्यशास्त्र वा कानुनमा स्नातकोत्तर गरी सरकारी वा गैह्र सरकारी संघसंस्था वा कानुन बमोजिम स्थापना भएको कम्पनी वा संगठित संस्थामा अधिकृतस्तरको पदमा कम्तीमा १५ वर्ष काम गरेका नेपाली नागरिकले उक्त पदमा आवेदन दिन पाउनेछन्।
आवेदनसँगै व्यावसायिक कार्ययोजनासमेत पेस गर्नुपर्नेछ। आवेदन बुझाउन २१ दिनको समय दिइएको छ। ५५ वर्ष उमेर नाघेकाहरुले भने आवेदन दिन पाउने छैनन्।