
सिटिजन्स बैंक र दराज क्यामु बीच सम्झौतामा भएको छ।
सम्झौता पश्चात् बैंकका कार्डवाहकले हरेक बिहीवार दराजमा अनलाइन मार्फत भुक्तानी गर्दा ५ सय रूपैयाँसम्म छुट पाउन सक्नेछ। यसका साथै बैंकबाट यही अगस्ट १ तारिख पश्चात् नयाँ कार्ड प्राप्त गर्नु हुने ग्राहकले दराजमा प्रथम पटक कारोबार गर्दा समेत थप १ सय ५० सम्मको भौचर प्राप्त गर्नेछन्।
बैंकका मास बैंकिङ अधिकृत मानन्धरले उक्त सहकार्यबाट बैंकका कार्डवाहकलाई फाइदा पुग्नुका साथै कार्डको प्रयोग बढ्ने र डिजिटल सभ्यताको विकास हुने धारणा व्यक्त गर्नुभयो।