
विद्युत उत्पादन कम्पनी (भीयूसीएल )को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बखतबहादुर शाही नियुक्त गरिएका छन्। भीयूसीएलको आज (बिहीबार) विहान बसेको सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृतमा दैलाखका शाहीलाई चयन गरेको हो ।
उनको नियक्तिसँगै प्रदेश पूर्वाधार विकास प्राधिकरण, लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले नियुक्तिका लागि गरेको प्रयास विफल भएको छ ।
विद्युत विकास विभागका महानिर्देशक चिरञ्जीवि चटौत नेतृत्वको छनोट समितिले गरेको सिफारिसका आधारमा शाहीलाई नियुक्त गरिएको स्रोतले बताएको छ ।